कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जका वडास्तरमा कार्यक्रम

नेपालगञ्ज । कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ । नेपालगञ्ज उपमहानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको नेपालगञ्जकी उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।

उपमेयर मगरका अनुसार वडा नम्बर १ र १८ ले चिकित्सकसहित कोभिड संक्रमित विरामीहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा दिएका छन् । वडा नम्बर १३ र १४ मा समेत चिकित्सकसहित कोभिड संक्रमितलाई घरदैलोमै पुगेर सेवा दिइएको छ ।

वडा नम्बर ३ र ७ लाई सेनिटाईज गरिएको छ । वडा नम्बर २ ले स्वास्थ्यकर्मी माग गरेको छ । केहीदिनमै स्वास्थ्यकर्मीसहित घरदैलो कार्यक्रम गरिने जनाएको छ ।

Previous articleविरामी भेट्न मेयर डा.राणा अस्पताल र आईसोलेसन, नेपाल प्रवेश गर्नेको लगत संकलन व्यवस्थित बनाउन निर्देशन
Next articleबाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न बाँके कांग्रेसको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here