
नेपालगञ्ज । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहित नाकामा स्थलगत अनूगमनमा पुग्नुभएका मेयर राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको हो ।
मेयर राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईट हाउसस्थित आईसोलेसन सेन्टरको स्थलगत अनूगमन गर्नुभयो । सो क्रममा मेयर राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग छलफल गर्नुभयो ।
मेयर राणाले महामारीको अवस्थामा सबै पक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताउनुभयो । उहाँले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गर्नुभयो ।





