
नेपालगञ्ज । कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट सुरक्षित बनाउन भेरी अस्पताललाई सय थान पिपिई किट प्रदान गरिएको छ । अस्पतालमा बिरामीहरुको हेरचाहमा खट्ने डाक्टर र नर्सहरुको सुरक्षाका लागि सय थान पिपिई किट अवधी पत्रकार संघ नेपाले हस्तान्तरण हो ।
अस्पताललाई बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक शिवराम गेलालमार्फत प्रदान गरिएको छ । यस्तै भेरी अस्पताल परिसरमा बिरामी तथा कुरुवाहरुलाई २० रुपैयामा खाना खुवाउने अन्जनी माता रसोई घरमार्फत एक हजार जनालाई साँझ बिहान निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र र कोषाध्यक्ष सन्ध्य शर्मा, बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीद्वारा कोभिड–१९ को पूर्ण पालना गर्दै रसोई घरका सञ्चालक जितेन्द्र सिंह ठाकुरलाई निःशुल्क खानाका लागि आवश्यक खाद्यान्न तथा त्यहाँ कार्यरत कर्मचारीलाई संक्रमणबाट सुरक्षित राख्न १५ थान पिपिई किट सहयोग प्रदान गरिएको छ ।
युएस आन्टाको आर्थिक सहयोगमा गरिएको सामाग्री हस्तान्तरणका क्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष मिश्रले थोरै भएपनि संघ महामारीका बेला सबै एकबद्ध हुनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।





