
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले कोरोना महामारीमा खटिएर काम गर्ने पत्रकारका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल प्रेस युनियन बाँकेलाई कांग्रेसले सोमबार उक्त सामाग्री प्रदान गरेको हो ।
कांग्रेस बाँकेका सभापति किरण कोईराला, सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा तथा सदस्य सुधान्सु कोईरालाले संयुक्त रुपमा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएकाे थियाे ।
कांग्रेसले सहयोग गरेको स्वास्थ्य सामाग्रीमा २ सय ५० थान सर्जिकल मास्क, एक सय थान ग्लोब्स र ३० थान ह्याण्ड स्यानिटाइजर रहेको छ ।
कोरोना महामारीमा अग्रपंक्तीमा खटिएर पत्रकारले समाचार सम्प्रेशन गरिरहेकाले स्वास्थ्य सामाग्री सहयोग गरिएको सभापति कोईरालाले बताउनुभयाे ।
प्राप्त भएको उक्त सामाग्रीलाई अग्रपंक्तीमा खटिएर काम गर्ने जिल्लाका पत्रकारलाई वितरण गरिने युनियनका अध्यक्ष ओलीले बताउनुभयाे ।
‘कोरोना महामारीको समयमा जोखिम मोलेर समाचार सम्प्रेशन गरिरहेको अवस्थामा पत्रकारलाई स्वास्थ्य सामाग्री अति नै आवश्यक छ, अप्ठ्यारो परिस्थितीमा प्राप्त भएको सामाग्रीले पत्रकारलाई राहत नै दिनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।





