वडा नं १३ का जनप्रतिनिधि डाक्टसहित घरमै पुगेर स्वास्थ्य परामर्श

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ ले डाक्टरसहित संक्रमितको घरमा पुगेर सेवा दिइरहेको छ ।

१३ नम्बर वडाका अध्यक्ष बिरेन्द्र शाह लगायत जनप्रतिनिधि डाक्टर पारस श्रेष्ठसहित वडामा संक्रमित हुन पुगेकाहरुको घरमा पुगेर स्वास्थ्य परामर्श दिँदै आएको हो ।

कोरोनाको ईपिसेन्टर बनेको नेपालगञ्ज उपमहानगरपालिकामा यतिबेला जनप्रतिनिधि चिकित्सक सहितको सेवा लिएर संक्रमितको घर घरमा पुग्न थालेका हुन ।संक्रमित भएका व्यक्तिहरुको घर घरमै पुगेर चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय उदयपुरका हेल्थ असिस्टेन्ट राजबिर बर्नवालले बताउनुभयो ।

डा. श्रेष्ठसहितको टोलीले संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श तथा आवश्यक औषधि समेत सिफारिस गर्ने गरेको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा उपचार पाउन केही असहज बनेपछि नेपालगञ्जका वडाहरुले डाक्टरसहितको सवास्थ्य परामर्शलाई घरघरमै पुर्याउन थालेका हुन ।

नेपालगञ्जको वडा नं १, वडा नं १८ र वडा नं १३ ले हालसम्म डाक्टरसहित घरमा पुगिरहेको देखिएको छ । अन्य वडाहरुमा रहेका कवडा स्तरी फोकल पर्सनले आवश्यक स्वास्थ्य परामर्श दिइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जका बिभिन्न स्थानबाट ३८ थान अक्सिजन सिलिण्डर बरामद
Next articleमातृ देवो भवः अम्मा अर्थात माता दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here