युवा संघद्धारा निःशुल्क एम्बुलेन्स सेवा संचालन

नेपालगन्ज । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीका लागि मंगलबारदेखि बाँकेमा निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्स सेवाको सुरुवात गरिएको हो ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालनमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्ला भरका ८ वटै स्थानीय तहका लागि संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउनुभयो । एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामीको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिएको छ ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँ कमिटीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबारदेखि कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइलीले जानकारी दिनुभयो ।पछिल्लो समय बाँकेमा कोरोना संक्रमण र मृत्यु दर उकालो लागिरहेको छ । कोरोना संक्रमण दर बढ्दै जादा संक्रमितलाई अस्पतालसम्म पुर्याउन साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भर पर्नु परेको अवस्थालाई मध्यनजर गर्दै संघ लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा संघ नेपालगन्ज नगर कमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको हो ।

कोरोना संक्रमितका लागि संचालनमा ल्याइएको एम्बुलेन्सको लागि बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।

प्रवीण बि.सी-नेपालगन्ज उपमहानगरपालिका-९८५८०२५४८५
बिकास काउचा-खजुरा गाउँपालिका-९८५८०३०४०४
केशव शर्मा-जानकी गाउँपालिका-९८६६७१३७५०
प्रेम बिष्ट-बैजनाथ गाउँपालिका-९८४८२३४८०६
दिपेन्द्र कुंवर-कोहलपुर नगरपालिका-९८५८०४१३६५
गुरु बचन यादव-नरैनापुर गाउँपालिका-९८६४९५७६०२
सरोज बिक्रम बिष्ट-रप्तिसोनारी गाउँपालिका-९८५८०८०२४०
कैलाश किशोर मिश्र-डुडुवा गाउँपालिका-९८६४९४५२८३

Previous articleमातृ देवो भवः अम्मा अर्थात माता दिवस
Next articleभेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here