भेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण

नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी, जि.आइ.जेड नेपालको साझेदारीमा र नेपालगंज उपमहानगरपालिकाको समन्वयमा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा सामग्री दिएको हो ।

भेरी अस्पताल नेपालगंजलाई सेन्सर सेनिटाइटर मेसिन ३ सेट र सेनिटाइजर ५० जर भेरी अस्पातलका मेडिकल सुपरिटेन्ट डा.प्रकाश थापालाई नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको छ ।

यसैगरी सरस्वती प्राथमिक विद्यालय बाँकेगाउँ र धम्बोझी मा.वि. नेपालगंजलाई सेन्सर सेनिटाइजर मेसिन, सेनिटाइजर, कोलिन, साबुन, डास्वीन, झण्डु लगायत १२ किसिमको सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । यसैगरी मंगल प्रसाद मा.वि., सरस्वती मा.वि. र बागेश्वरी आधारभूत विद्यालयलाई सोही किसिमको सरसफाई सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विद्यालयको नियमित प्रयोगका लागि आवश्यक सरसफाई सामग्री उपलब्ध गराउने नेपाल रेडक्रसलाई धन्यवाद व्यक्त गर्दै विद्यालय खुल्नसाथ उक्त सामग्री प्रयोगमा ल्याउने प्र.अ.हरुले जनाएका छन् ।

हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यक्रम व्यवस्थापक दोलखबहादुर डाँगी, नेपालगंज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापा, भेरी अस्पतालका मे.सु.डा.प्रकाश थापा, धम्बोझी मा.वि.का प्र.अ. वामदेव सुवेदी, सरस्वती प्रा.वि. प्र.अ. सरलादेवी आर्चाय लगायतको उपस्थिति रहेको थियो ।

Previous articleयुवा संघद्धारा निःशुल्क एम्बुलेन्स सेवा संचालन
Next articleकोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here