निषेधाज्ञा अवज्ञा गर्ने ४ बस चालकलाई ६/६ हजार जरिवाना

धनगढी । कैलालीमा जारी निषेधाज्ञाको अवज्ञा गरेर संचालन भएका ४ वटा बसका चालकलाई ६/६ हजार जरिवाना तिराइएको छ। सोमबार बिनापास यात्रु भरेर धनगढीदेखि काठमाडौं जान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

सुदूरपश्चिम यातायातको ना ७ ख ५२६३ नम्बरको बस र चालक धनगढी उपमहानगरपालिका–१ का ४० वर्षीय अजय स्वार तथा ना ८ ख ४९९७ नम्बरको बस र चालक धनगढीकै वडा नम्बर २ बस्ने ३२ वर्षीय मनोज खड्कालाई नियन्त्रणमा लिइएको थियो ।

यसैगरी ना ७ ख ४१४ नम्बरको बस र चालक गौरीगंगा नगरपालिका–६ का ३४ वर्षीय ईन्द्रबहादुर कडायत र ना ७ ख ४०२ नम्बरको बससहित धनगढी ३ का ४८ वर्षीय चालक चिरिन्जिवी डंगोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैललाीका प्रहरी नायव उपरिक्षक भरत चौधरीले जानकारी दिनुभयो ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाइएको थियो । नियन्त्रणमा लिएका ४ जना बस चालकलाई मंगलबार ६ हजारका दरले जरिवाना गरी छोडिएको प्रहरी नायव उपरीक्षक चौधरीले बताउनुभयो ।

Previous articleगंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे शव
Next articleकोभिड-१९ विरुद्धको चिनियाँ खोपको दोस्रो डोज २ जेठबाट लगाईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here