सर्वशुलभ सेवा दिन पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्ने

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको शुक्रबार बसेकाे बैठकले विभिन्न निर्णय गरेकाे छ ।

अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा गर्दै एम्बुलेन्स खरिद गर्नेसमेतकाे निर्णय गरेकाे हाे ।

गरेकाे विभिन्न निर्णयहरूमध्ये सामान्य अवस्थामा समेत अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । त्यसैले जो कोहीलाई पनि कुनै बेला एम्बुलेन्सको अभाव एवं आवश्यकता महसुस भइरहेको हुन्छ ।

कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आम नागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको छ ।

मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।

साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी/गैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेकाे छ ।

यस्तै महासंघ बाँकेको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनु भएका डा.सुभाष योगी र स्वास्थ्य सामाग्री प्रदान गर्नु हुने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहकार्यका लागि अनुरोध गरेकाे छ ।

Previous articleकोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल
Next articleनेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here