एमाले बाँकेद्धारा सहुलियतमा खाना खुवाउन शुरु

नेपालगञ्ज । नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियत दरमा खाना खुवाउन शुरु गरेको छ ।

कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउन शुरु गरिएको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । हरेक दिन विहान र बेलुका ३० रुपियाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ ।

खाना खुवाउन एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट ४ लाख ६८ हजार रुपियाँ संकलन गरेको छ । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५÷१५ हजार रुपियाँ सहयोग गर्नुभएको छ । अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिनुभयो ।

अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र बैजनाथ कमिटीले ब्यवस्थापन गरिरहेका छन् ।

शनिबार भएको सुभारम्भमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार संविधानसभा सदस्य दलबहादुर सुनार, नेपालगञ्जका मेयरडा.धवलशम्शेर राणा, कोहलपुरका मेयर लुटवहादुर रावत, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, युवा संघका महासचिव दिपक जिएम, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाछेड लगायतको सहभागिता थियो ।

Previous articleअक्सिजन अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो
Next articleबर्दियामा अक्सिजन बैंक संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here