नेपाल सुपर लिगको उपाधी काठमाण्डौंलाई

काठमाण्डौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलले आफ्नो पहिलो च्याम्पियन पाएको छ । पहिलो च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख जितेको छ । दोस्रो हुने धनगढीले नगद १५ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताका विधागत तर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक(एक लाख पाउने छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । २१ दिन र २४ खेलपछि फाइनल पुगेका धनगढी र काठमाडौं उपाधिका लागि भिडेका थिए । फाइनल अघि नै यी दुई टोलीले दुई पटक खेलिसकेका छन् ।

Previous articleहाम्रो राधाकृष्ण सहकारीद्धारा ५०% अनुदानमा उन्नत बिउ बितरण शुरु
Next articleभेरी अस्पताललाई ९० हजार नगद सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here