
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं–१९ स्थित हाम्रो राधाकृष्ण सहकारी संस्थाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत बिउ बितरण शुरु गरेको छ ।
सहकारीले शनिबारबाट किसानहरुका लागि ५० प्रतिशत अनुदानमा उनन्त जातको धानको बीउ र तरकरीको बिउहरु वितरण शुरु गरेको हो ।
सहकारीकी पाध्यक्ष चन्द्रा रेग्मीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरणको सहयोगमा सहुलियतमा किसानलाई बिउ बितरण गर्न शुरु गरिएको छ । तरकारी पकेट क्षेत्रको बिकासका लागि पहिलो चरणमा नेपालगञ्ज वडा नं १९ र वडा नं २२ का किसानहरुलाई लक्षित गरिएको जनाइएको छ ।
सहकारीका अध्यक्ष गोपी यादवले दुइ वटै वडाका किसानहरुलाई बीउ लिन अनुरोध समेत गर्नुभएको छ ।





