नेपालगञ्जदेखि तुलसीपुर जाँदै गरेको अक्सिजन बोकेको गाडी दुर्घटना

नेपालगञ्ज । नेपालगञ्जदेखि दांगको तुलसीपुर जाँदै गरेको अक्सिजन बोकेको गाडी दुर्घटना भएको छ । नेपालगञ्जदेखि तुलसीपुरतर्फ गइरहेको अक्सिजन बोकेको जिप बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया नजिक दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो राप्तीसोनारीस्थित मुगुवा खोलादेखि २ किलोमिटर अगाडी अगैया नजिक भएको उक्त जिप दुर्घना भएको छ । दुर्घटनामा सवारी चालक तथा सहचालक सकुशल रहेका छन् । जिपले २० थान ठुलो भरिएको अक्सिजन सिलिन्डर बोकेको थियो ।

जिपमा लोड गरिएको अक्सिजनलाई अर्को गाडीमा राखेर पठाउन लागिएका शम्शेरगंज प्रहरी चौकीले जनाएको छ ।

Previous articleबर्दिया बाँसगढीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई दुई घण्टा होल्ड
Next articleपुस्तक तथा स्टेशनरी महासंघद्धारा रसोई घरलाई खाद्यान्न सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here