बर्दिया बाँसगढीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई दुई घण्टा होल्ड

बाँसगढी । बर्दिायाको मोतिपुर क्षेत्रमा प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही गरिएको छ ।

सोमबारका दिन बर्दियाको बांसगढी नगरपालिका वडा नं.५ पूर्व पश्चिम राजमार्गमा निषेधाज्ञा उलंघन गरी चलाईएका सवारी साधनका चालकलाई कारवाही स्वरुप दुई घण्टा होल्ड गरेर छाडिएको हो ।

इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार निषेधाज्ञा उलंघन गरी चलेका ११ साईकल, ३ मोटरसाईकल र १ अटो चालक गरी १५ पुरुष ३ महिला गरि १८ जनालाई नियन्त्रणमा लिई २ घण्टा होल्डमा राखि पुन यस्ता कार्य नगर्ने शर्तमा छाडिएको छ ।

साथै दोस्रो पटक पनि यस्तो कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही गरिने सहमतिमा छोडिएका प्रहरी नायब निरीक्षक बिर बहादुर भण्डारीले बताउनुभयो ।

Previous articleकसौधन वैश्य समाज युवा मञ्चद्धारा राहत बितरण शुरु
Next articleनेपालगञ्जदेखि तुलसीपुर जाँदै गरेको अक्सिजन बोकेको गाडी दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here