नेपालगञ्जमा मास्क बैंक स्थापना

नेपालगञ्ज । कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बासले नेपालगञ्जमा मास्क बैंक सञ्चालनमा ल्याएको छ ।

कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको सोमबार नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा र उपमेयर उमा थापा मगरले उद्घाटन गर्नुभएको छ ।

नेपालगञ्ज वडा नम्बर १० भृकुटिनगरमा सञ्चालन भएको मास्क बैंकको उद्घाटनमा बोल्दै मेयर डा. राणाले कोरोना सक्रमणबाट बचाउने सबैभन्दा भरपर्दौ मास्क हुने भन्दै बैंकले मास्कको अभाव पुरा गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले मास्क बैंकको उद्धेश्य बारे प्रष्ट पार्नुभएको थियो । उहाँले मास्क बैंक स्थापना गर्ने बिषयमा सार्वजनिक गरे पश्चात विभिन्न स्थानबाट सहयोग प्राप्त भईरहेको बताउनुभयो ।

बासका अध्यक्ष रमेश सिटौलाका अनुसार मास्क बैंक Nepalese American Chamber Of Commerce, Dallas TX- USA को सहकार्यमा स्थापना गरिएको हो ।

Previous articleपुस्तक तथा स्टेशनरी महासंघद्धारा रसोई घरलाई खाद्यान्न सहयोग
Next articleनियमसंगत नरहेकाे औषधी पसल संचालनमा राेक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here