नियमसंगत नरहेकाे औषधी पसल संचालनमा राेक

बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलिले सोमबार कोहलपुरमा विभिन्न सर्जिकल एवं औषधि पसलहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अनुमति प्राप्त व्यवसायीको अनुपस्थितिमा सन्चालन भैरहेको एक औषधि पसललाई व्यवसायी उपस्थित नहुन्जेल सम्मको लागि सन्चालनमा रोक लगाइएको र अर्को एक सर्जिकल पसललाई २४ घण्टा भित्र कार्यालयमा कागजात पेश गर्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय-नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय-नेपालगन्जका प्रमुख, कृष्ण प्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका धनबहादुर बोहरा र लोकेश गिरि, कोहलपुर नगरपालिकाका अधिकृत वीर बहादुर बिके र प्रकाश जंग हमाल, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष वसन्त गौतम लगायत सहभागी रहनुभएकाे थियोे ।

Previous articleनेपालगञ्जमा मास्क बैंक स्थापना
Next articleवैश्य समाज बाँकेद्वारा रसोइ घरलाई खाद्यान्न प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here