कोभिड-१९ विरूद्धको खोप बनाउने दौडमा चीन सबैभन्दा अगाडि

एजेन्सी । कोभिड-१९ विरूद्धको खोप बनाउने दौडमा चीन सबैभन्दा अगाडि देखिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ खोप निर्माण कम्पनी सिनोभेक बायोटेकले तयार पारेको परीक्षण खोप जुलाईको अन्त्यमा परीक्षणको अन्तिम चरणमा प्रवेश गर्न तयार भएपछि चीन खोप दौडमा अन्य मुलुकभन्दा अगाडि देखिएको हो ।

परिक्षणको अन्तिम चरण प्रवेश गर्ने सिनोभेकको यो खोप चीनको दोश्रो र विश्वको तेश्रो खोप हो । खोप निर्माणमा खोप उद्योगहरू सुस्त भइरहेको देखिए पनि कोरोना भाइरसको उद्गमस्थलसमेत रहेको चीनले राज्य, सेना र निजी क्षेत्रलाई खोप निर्माणमा एकसाथ ल्याएर काम गरिरहेको छ ।

अमेरिकासहितका थुप्रै मुलुकले निजी क्षेत्रसँग मिलेर खोप दौडमा अगाडि हुने प्रयास गरिरहेका छन् । चीनले भने उनीहरूको दाँजोमा थुप्रै चुनौतीहरूको सामना गरिरहनुपरेको छ ।

कोरोना संक्रमणलाई न्यूनिकरण गर्न सफल भएको चीनलाई एकातर्फ खोपलाई ठूलो स्तरमा परीक्षण गर्न कठिन छ भने अर्कोतर्फ निक्कै कम मुलुकले मात्र उसको खोप प्रयोग गर्न चासो देखाएका छन् । खोप निर्माणमा बिगतमा भएका घटनाहरूले गर्दा बेइजिङलाई खोप निर्माण गर्दा सबै आवश्यक सावधानी र आवश्यक्ता अपनाइएको छ भनेर विश्वास दिलाउनु पर्ने चुनौती पनि छ ।

यति हुँदाहुँदै पनि चीनले हाल परिणाम देखाइरहेको छ । उदाहरणका लागि चीनको राज्यनियन्त्रित इकाइले केही महिनामै दुई वटा भ्याक्सिन प्लान्टको निर्माण सकिसकेको छ भने राज्यको स्वामित्वमा रहेका कम्पनी तथा सेनाले आफ्ना कर्मचारीमा परीक्षण खोपको प्रयोग गर्ने अनुमति दिएका छन् ।

चिनियाँ जनमुक्ति सेनाको मेडिकल रिसर्च युनिटले क्यानसिनोलगायतका निजी कम्पनीसँग मिलेर खोप निर्माणमा काम गरिरहेको छ ।

पश्चिमाहरूको दबदबा रहेको खोप निर्माणमा कोभिड-१९ विरूद्ध मानिसमा परीक्षण गर्न बनिरहेका १९ खोपमा ८ वटा संस्था चिनियाँ छन् । यसमा सिनोभेकको परीक्षण खोप र चिनियाँ सेनाले क्यानसिनोसँग संयुक्त रूपमा बनाइरहेका खोप अगाडि छन् ।

चिनियाँहरूले इन्फ्लुएन्जा र दादुराविरूद्ध बनाइने खोप निर्माणमा प्रयोग हुने ुइनएक्टिभेटेस म्याक्सिन टेक्नोलोजीुको प्रयोगबाट आफ्नो खोप बनाइरहेका छन् । यसले खोप निर्माणलाई सफल बनाउने ज्यादा सम्भावना राख्छ ।

अमेरिकाको मोड्रेना र गर्मनीको क्यूभेक र बायोनटेकजस्ता थुप्रै पश्चिमा प्रतिष्पर्धी कम्पनीहरूले भने मेसेन्जर आरएनए नामको नयाँ प्रविधिको प्रयोग गरेर खोप बनाउने प्रयास गरिरहेका छन् । यो प्रविधिलाई यसअघि निमायक संस्थाहरूले कहिल्यै अनुमोदन गरेका छैनन् ।

यो परीक्षण र प्रयोग रणनीति होु, फिलाडेल्फियाको बाल अस्पतालको खोप शिक्षा केन्द्रका निर्देशक पल अफिटले इनएक्टिभेटेड भ्याक्सिन प्रविधिबारे भन्नुभयो । यदि मैले सुरक्षित र प्रभावकारी एउटा खोप छनौट गर्नुपर्यो भने त्यो यो हुनेछु, उहाँले भन्नुभयो । उहाँ रोटाभाइरस म्याक्सिनका सह-अविष्कारक हुनुहुन्छ ।

चीनले मानव परीक्षणका लागि बन इन्एक्टिभेटेड भ्याक्सिन टेक्नोलोजीबाट बनाएका चार खोपमध्ये सिनोभेकको एउटा, चाइना नेशनल बायोटेकको ग्रुपका दुइटा र सरकारी स्वामित्वको चाइना नेशनल फर्माटेक्डियलस ग्रुप (सिनोफार्म)ले बनाएको एउटा खोप रहेका छन् ।

अहिले दुइटा खोपमात्र अन्तिम परिक्षणको तेश्रो चरणमा छन् । यी खोपमध्ये एउटा सिनोफार्मको हो भने अर्को खोप एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको हो । सिनेभेक यसै महिनाको अन्त्यमा तेश्रो खोप बन्ने चरणमा छ ।

खोप निर्माणको गति बढाउन चीनले सिनोफार्म र सिनोभेकलाई पहिलो र दोश्रो परीक्षण चरणलाई एकीकृत गर्न अनुमति दिएको छ । क्यानसिनोको परीक्षण खोपका लागि चिनियाँ जनमुक्ति सेनाको अनुसन्धान संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको छ । यी दुबैले खोप निर्माणमा एस्ट्रराजेनेकाको जस्तै एडिनोभाइरसको प्रयोगलाई पछ्याएका छन् ।

पिएलएको सैनिक प्रयोजनका लागि औषधीसम्बन्धी आफ्नै अनुमति प्रक्रिया रहेको छ । उसले आफ्नो अनुसन्धान इकाइ र क्यासिनोले बनाएको खोपलाई गत महिना नै सैन्य प्रयोगका लागि अनुमोदन गरिसकेको छ ।

भ्याक्सिन निर्माणको मुख्य अनुहारसमेत रहेका पिएलएका प्रमुख वैज्ञानिक चेन विले उनको टोलीले तयार गरेको कोभिड-१९ विरूद्धको खोप पहिलोपटक आफैंले लिनुभएको थियो । यसअघि उनीहरूले सार्सविरूद्धको खोप पनि प्रयोग गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चीनका चुनौती

कोरोना महामारीलाई अन्यत्रभन्दा कम संख्यामा सीमित गर्ने सकेकाले चीनलाई ती खोपहरू ठूलो स्तरमा परीक्षण गर्न सजिलो छैन । त्यसैले उसले आफ्नो ध्यान देशबाहिर केन्द्रित गरेको छ। उसको खोपमा युएई, क्यानडा, ब्राजिल, इन्डोनेसिया र मेक्सिकोलगायतका केही मुलुकहरूले मात्र सहकार्यका लागि चासो देखाएका छन् ।

युरोपका प्रमुख मुलुक तथा अमेरिकाले चिनियाँ खोपमा ध्यान नदिई आफ्नै खोप परियोजनामा ध्यान दिइरहेका छन् ।

योसँगै चीनले खोपको गुणस्तर र सुरक्षाका सवालहरूलाई समेत सम्बोधन गर्नुपर्नेछ । बितेका वर्षहरूमा चीनमा निर्माण भएका खोपहरूको गुणस्तरका विभिन्न घटनाहरूले पनि उमाथि यी सवालहरूको सम्बोधन गर्नुपर्ने एकदमै आवश्यक छ ।

चीनको राष्ट्रिय निमायक प्राधिकरणहरूले आफ्नो निरीक्षणलाई सुधार गरिरहेको छु, इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटका प्रमुख जेरोमी किमले भन्नुभयो । चीनले गत वर्ष खोप कम्पनीहरूलाई नियमन गर्न ठूलो आर्थिक जरिमानासहितको कानुन ल्याइसकेको छ।

Previous articleकांग्रेस बाँकेका नेता मल्ल पार्टीबाट निष्काशित
Next articleकोरोनामुक्त भएकै दिन नेपालगञ्जमा भेटिए दुई संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here