
बाँके । मंगलबार साँझसम्म कोरोनामुक्त भएको नेपालगञ्जमा बुधबार फेरि थपिएका छन् । हिजोसाँझसम्म बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउपालिका कोरोना मुक्त भएका थिए।
भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो परीक्षणमा नेपालगञ्जमा दुई जना कोरोना संक्रमित थपिएका हुन । थपिएका संक्रमितहरुमा नेपालगञ्ज वडा नं १४ का दुबै जना महिला रहेका छन् । उनीहरु २२ र ४५ वर्षका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार बिहानसम्म कोहलपुर नगरपालिकाका १०, खजुरा गाउपालिका ४, राप्तीसोनारी २, जानकी र बैजनाथ गाउपालिकामा १–१ जना गरी १८ जना संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामी निको भएको नेपालगञ्जमा फेरि थपिएका छन् ।
बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट ७ र कोहलपुरको पिपरीबाट २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।






