
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो समय भइरेहको केरोना परीक्षणको नतिजाले बाँकेमा कोरोना संक्रमण घट्दै गएको छ । अस्पतालमा केहि दिन यता प्रयोगशालामा भएको परीक्षण ट्रेन्डले बाँकेमा कोरोना संक्रमित नयाँ केशको अनुपात घट्दै गएको देखिएको जनाएको छ ।
तर बाँकेमा संक्रमण घटेपनि छिमेकी जिल्ला बर्दियामा भने बर्दियामा उकालो लागेको भेरी अस्पतालले जनाएको छ । बिहीबारको परीक्षण नतिजामा ४ सय ६१ जनामा बर्दियाका २ सय ६९ अर्थात (५८ दशमलव ३५%) रहेको छ भने बाँकेका १ सय ७० अर्थात (४० दशमलव ८६% ) रहेको देखिएको छ ।
बैशाख २३ अर्थात मे ६ देखि बिहीबारसम्मको दैनिक पुष्टि हुने संक्रमितको जिल्लाका भारको ३ दिनको औसत को बिश्लेषण गर्दा बाँकेको प्रतिशत ८० प्रतिशतबाट ४३ प्रतिशतमा घटेको छ ।
उता छिमेकी जिल्ला बर्दियाको संक्रमितको जिल्ला भारने भने १५ प्रतिशतबाट ५० प्रतिशतमा पुगेको अस्पतालले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । बाँके जिल्लामा संक्रमितको संख्या घटेको देखिएपनि उता बर्दिया जिल्लाको बढ्नुले प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालको चुनौतीपूर्ण दिन अझै कायम रहेको सूचनामा उल्लेख छ ।





