स्वास्थ्यकर्मी संघले अन्जनी माता रसोईलाई प्रदान गर्यो १५ हजार

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले अन्जनी माता रसोईलाई बुधबार नगद सहयोग गरेको छ । भेरी अस्पतालमा कोभिड विरामी र कुरुवालाई खाना खुवाउँदै आएको रसोईलाई संघले बुधबार दिउँसो १५ हजार पाँच रुपैया नगद सहयोग प्रदान गरेको छ ।

संघले स्थापना दिवसको अवसरमा रसोईर्ला सहयोग गरिएको संघ बाँके अध्यक्ष टेक बहादुर केसीले जानकारी दिनुभयो । रसोईका सल्लाहकार बिजय गुप्ता, भेरी अस्पतालका प्रमुख डा.प्रकश थापा, नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य सुधान्सु कोईराला, नगर सभापति प्रशान्त बिष्ट लगायतको उपस्थितिामा रकम हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै डा. थापाले भन्नुभयो, ‘जुन अवस्थामा यसले आफ्नो रसोई शुरु गरेर सेवा दिएको छ, यो नभएको भए अहिलेको अवस्थामा यहाँको हालत कतिपयलाई भोक मेटाउन गाह्रो हुन्थ्यो होला ।’ निषेधाज्ञाका कारण सबै बजार, पसल बन्द छ, मानिसले खाना जोहो गर्न पनि धेरै समस्या झेल्नपर्ने आवस्था आउँथ्यो होला, डा थापाको भनाई छ ।

जोखिममा पनि स्वास्थ्य सेवा दिईरहेका स्वास्थ्यकर्मीहरूले बुधबार अस्पताल पसिरमा उपस्थित स्वास्थ्यकर्मीहरुबाट आर्थिक संकलन गरी श्री सुन्दरकाण्ड मित्र मण्डलद्धारा संचालित रसोईलाई सहयोग गरिएको सहयोग हस्तान्तरण कार्यक्रमका व्यवस्थापक नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

मानव सेवा नै धर्म भएका भन्दै संघले गरेको पुण्य कामको लागी श्री सुण्दरकाण्ड मित्र मण्डल परिवारले संघलाई आभार प्रकट गरेको छ । रकम हस्तान्तरणका क्रममा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Previous articleसेतोखरी मिडिया प्रालिको पहिलो वार्षिकत्सव, पत्रकार अन्सारी पुरस्कृत
Next articleपत्रकार महासंघका अध्यक्ष चढेको गाडी दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here