
तुलसीपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोरखेल चढेको गाडी दुर्घटनामा परेको छ । पोखरेलको गाडी बुधबार अपरान्ह जेसिज चोक नजिक दुर्घटनामा परेको हो ।
गाडीमा अध्यक्ष पोखरेलसहित महासंघ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम, उपाध्यक्ष सन्तोष सुवेदी सवार हुनुहुन्थ्यो । ति मध्ये गौतमको टाउकोमा सामान्य चोट लागेको छ ।
गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरलेको गाडीलाई ठक्कर दिएको हो । गाडीमा पूर्ण रुपमा क्षति पुगको छ । पोखरेल प्रदेश नं.३०१००२ च ९२२६ नम्बरको गाडीमा सवार हुनुहुन्थ्यो ।





