
नेपालगञ्ज । भारतीय जंगलमा शिकार खेल्न गएका एक नेपाली पक्राउ परेका छन् । भारतको बहराईच जिल्लाको अब्दुल्लाहागंज वन रेन्ज क्षेत्रमा बाँकेका एक युवा बुधबार पक्राउ परेका हुन ।
भारतीय क्षेत्र चर्दा नजिकैको जंगलमा शिकार खेल्न गएका बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ पर्ने पटवारी पुर्वाका जगदिश नाम गरेका युवकलाई भारतीय वन रक्षक, भारतीय सुरक्षा बलको गस्ती टोलीले बुधबार साँझ साढे ५ बजेको समयमा बन्दुकसहित पक्राउ गरेको भारतीय प्रहरीलाई उदृत गर्दै रुपैडिहाबाट पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभएको छ ।
युवकलाई गस्ती टोलीले चर्दा नजिकै जंगलको कक्ष संख्या २ बाट पक्राउ गरेको छ । पक्राउ परेका युवालाई भारतीय कारागार पठाइएको छ ।





