रजश्वलामा मेरी आमा, दिदी-बहिनीहरुले झेल्नु परेको दर्दनाक पीडा !

साना तिना दुखाइ र दुखहरु, सानो सानो बिमार र दुखाइहरु । गर्भाबस्थाका पीडा, सुत्केरी बेलाका पीडा, बच्चा हुर्काउँदाको समस्या, महिनावारी हुँदाको पीडा, रक्तस्राब हुँदाको पीडा, आफ्नै घरमा गर्नु परेका साना तिना कामहरुको झन्झट इत्यादी सबै कुराहरु मध्य एक महत्त्वपूर्ण पीडाको महिनावारी ।

कुनै पनि महिला करिब १२ देखि ५५ बर्षको उमेरसम्म, रगतसंग खेल्न बाध्य हुने गर्छिन, त्यो प्राकृतिक नियम नै हो । त्यो बेला उनीहरुमा डर, भय, त्रास जस्ता शब्दहरुले घेराभित्र पारी रहेका हुन्छन ।

करिब महिनामा २ पट्क रक्तस्राव हुन्छ । त्यो बेलाको दुखाइ, त्यो बेलाको पीडा, त्यो बेलाको रोधन सुन्ने एक पति अथवा आमा, दिदी, बहिनी बाहेक अरु कोहि हुदैन । र त्यसमा पनि रक्तश्राव कसैले नदेखोस भन्नका लागि प्याडको प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ र १ वटा प्याडको मुल्य कम्तिमा ५० रुपैया भन्दा बढि नै पर्छ । त्यो भार पनि खेप्नुपर्ने बाध्यता हुन्छ ।

बर्षमा २४ वटा प्याड
२४ वटा प्याडको मुल्य रु १८०० पर्न जान्छ । अबिकशित क्षेत्रमा बसोबास गर्दै आएका कतिपय महिलाहरु अझै पनि, कपडा (सुतिको कपडा) प्रयोग गर्ने गर्छिन । किन कि, उनीहरुसंग, आर्थिक स्थिती कम्जोर भएको कारणले गर्दा, कतिपयले सहज रुपमा प्याडको प्रयोग गर्न पाउने अवस्था हुँदैन ।

बर्सेनि २४ वटाको प्याड रु १८०० पर्न जान्छ भने करिब महिला ४५ बर्षसम्म रगतको चक्रव्युमा घुली रहेकी हुन्छिन । ४५ वर्षसम्म निरन्तर प्याड खरिद गर्दा रु ८१००० खर्च हुने गर्छ । बिकसित क्षेत्रका महिलासंग त रकम होला, आफ्नो स्वास्थको राम्रो हेरचाह राम्रो होला तर, विकट क्षेत्रमा बसोबास गर्ने महिलाको स्वास्थ अवस्था कसले हेरि दिने ?

कुनै पनि महिला यातायात गर्दा, कार्यलय जाँदा, मन्दिर जाँदा, झोलामा नै प्याड बोकेर जाने गर्छन् भन्ने हुदैन, त्यो बेलामा, महिला ले के गर्ने ? कार्यलय मै भएको अवस्थामा चिया लिएर आउने भाइलाई मेरो लागि प्याड किनेर ल्यैदेउ न भन्न पनि गाह्रो ?

कतिपय पुरुषहरुको उपस्थिती त्यहि हुने गर्छ । के गर्न सकिन्छ त महिलाको लागि ? सोँच बदलौ, महिला पुरुष एकताको देवाल भएर अगी बढौं, साथ दिउँ ।

महिला भन्ने गर्छिन ।

“साना तिना दुखाइ र दुःखहरु, सानो सानो बिमार र दुखाइहरु । गर्भाबस्थाका पीडा, सुत्केरी बेलाका पीडा, बच्चा हुर्काउँदाको समस्या, महिनावारी हुँदाको पीडा, रक्तस्राब हुँदाको पीडा, आफ्नै घरमा गर्नु परेका साना तिना कामहरुको झन्झट इत्यादी सबै कुरा”

महिलालाई प्रत्येक महिना हुने महिनावारीले महिनाको ४ दिन भोगेको पिडा ।

९ महिनासम्म गर्भमा बोकेर बच्चा जन्माउँदाको पिडा सबै पुरुष लाई पनि देउ भन्दिन म ।

तर यो चाँही पक्कै भन्छु कि, ति महिलाहरुलाई भएको पिडा कस्तो हुन्छ भनेर बुझ्न् सक्ने एउटा पुरुष र समाजका अन्य वर्गलाई मस्तिष्क देउ ।

महिला पुरुष समान हुनुपर्छ भन्दिन म, तर समानता भने पक्कै चाहिन्छ । गिरी नेपालगञ्ज १८ तेजनगरबासी हुन ।

Previous articleप्रेस युनियनको स्थापना दिवस, कोरोना प्रभावितको घर र सञ्चार संस्थामा पुगेर भेटघाट
Next articleपत्रकारको निःशुल्क पिसिआर गरिदिन युनियन बाँकेको माग

2 COMMENTS

Leave a Reply to Anusha Goutam Cancel reply

Please enter your comment!
Please enter your name here