आलाेचनापछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएकाे छ ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएकाे हाे ।

उहाँले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएकाे छ । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नुभएकाे थियाे । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनुभएको थियाे ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनु भएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएकाे थियाे ।

उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएकाे हाे ।

Previous article१४ किलो चरेशसहित चार जना पक्राउ
Next articleबाँकेमा विषालु सर्पकाे बिगबिगी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here