स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गरिने : गृह मन्त्रालय

नेपालगञ्ज । भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीमा पनि आफ्नो परवाह नगरी दिनरात उपचारमा खटिएका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर्ने बताएको हो ।

बिज्ञप्तिमा कुनैपनि स्वास्थ्यकर्मी उपचारमा संवेदनहिन हुन सक्दैन । उपचाररत बिरामीलाई निको पारेर घर पठाउन सक्दा स्वास्थ्यकर्मीको आत्मसन्तुष्टि हुने कुरा स्वाभाविक भएको र यस्तो अवसथामा बिरामीको मृत्युको बिषयलार्य लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण र स्वास्थ्य संस्थामा तोडफोड गर्ने कार्य आफैमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको भन्दे यो घट्नामा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिए कानून बमोजिम कारवाही गर्ने कुरामा गृह मन्त्रालय दृढ रहेको उल्लेख छ ।

जेष्ठ १३ गते राती अस्पतालको कोभिड वार्डमा मृत्युको घटनालाई लिएर भएको तोडफोड र भौतिक आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घट्नाको अनुसन्धान शुरु भइसकेको र घट्नाको सत्यतथ्य छानबीनका लागि बिहीबार नै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबीन समिति गठन भइ छानबीन प्रक्रिया शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सोलुखुम्बु, धनुषा, कास्की तथा मोरगं जिल्लामा पनि भएका यस्ता घट्नाका दोषीलाई कारवाही गरिसकिएको छ । यस्ता घट्ना दोहरिन नदिन, दोषीलाई कानून बमोजिम कारवाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा बिशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरलाई निर्देशन दिइसकिएको मन्त्रालयले बिज्ञप्तिमार्फत जनाएको छ ।

Previous articleकिसानहरुको समस्या समाधान गर्न कृषि मन्त्रीलाई ज्ञापन पत्र
Next article‘विकल्प नै नभएपछि झ्यालबाट हाम फाल्न बाध्य भयौं’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here