काेहलपुर र राप्ती साेनारीका दुई जनामा काेराेना पुष्टि

बाँकेकाे कोहलपुर नगरपालिका र राप्तीसोनारी गाँउपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालकाे पछिल्लो परीक्षणमा कोहलपुर-६ का ३१ वर्षीय पुरुष र राप्तीसोनारी-२ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार २२ र २३ गते राप्तीसोनारीबाट २७ र कोहलपुरबाट ७७ जनाको स्वाब संकलन गरी PCR परीक्षणका लागि भेरी अस्पताल पठाईएको थियो ।

साेही स्वाबमध्ये २ जनामा संक्रमण देखिएको हाे ।

Previous articleराजपा र सपा मिलेर बनेकाे जसपा पार्टी निर्वाचन आयोगमा दर्ता
Next articleसुनको मूल्यमा उचाईको नयाँ रेकर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here