सुनको मूल्यमा उचाईको नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर उचाईको पुनः नयाँ रेकर्ड कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ९२ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च हो । यस अघि गत असार १७ गते सुनको मूल्य सबैभन्दा उच्च ९१ हजार ७ सय पुगेको थियो ।

बुधबार तोलामा ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भैरहेको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैँया बढेर ९ सय ८० पुगेको पनि महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय १२ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

Previous articleकाेहलपुर र राप्ती साेनारीका दुई जनामा काेराेना पुष्टि
Next articleकर्णालीमा १३ सय २१ जना कोरोना जितेर घर फर्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here