राजपा र सपा मिलेर बनेकाे जसपा पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । 

‘राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदन अनुसार दल दर्ता गर्ने निर्णय भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयाे ।

जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिनुभयाे । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उहाँले बताउनुभयाे ।

दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

Previous articleपौडी खेल्ने क्रममा १४ वर्षीया बालिका डुबेर बेपत्ता
Next articleकाेहलपुर र राप्ती साेनारीका दुई जनामा काेराेना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here