इन्स्पाइरिङको २१४औं शृखलामा सर्पदंशबारे छलफल

नेपालगञ्ज । युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २१४ औं श्रृखलामा सर्प दंशको रोकथामका बिषयमा छलफल भएको छ ।

बर्षातको समय शुरु भएसँगै तराईका जिल्लाहरुमा शर्पको विगविगि बढ्दै गएको अवस्थामा सर्पको टोकाईबाट कसरी बच्ने, सर्पले टोकेमा के गर्ने, बिशालु र अबिशालु सर्पलाई कसरी पहिचान गर्ने लगायतका बिषयमा डा.कृष्ण आचार्यले जानकारी दिनुभएको छ ।

कोभिडका कारण लकडाउनमा रहेको अवस्थामा जुमको माध्यमबाट गरिएको कार्यक्रममा सहभागिहरुले सर्पदंशका विभिन्न बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । जसको अवाफ कार्यक्रमका मुख्य बक्ता डा. आचार्यले दिनुभयो । कार्यक्रमको सहजिकरण बासका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो ।

बासको आयोजना तथा ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको सहकार्यमा हरेक हप्ताको शुक्रबार ३ बजे देखि ४ बजेसम्म १ घण्टा कार्यक्रम सञ्चालन हुदै आएको छ ।

Previous articleकञ्चनपुरमा किशोरीमाथि सामुहिक बलात्कार, एक पक्राउ
Next articleव्यक्तिगत जग्गामा कुलो खनेको भन्दै दाङ तुल्सीपुरमा गोली चल्यो, दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here