
धनगढी । कञ्चनपुरमा वियर खुवायर १९ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । अर्का एक जना फरार रहेका छन् ।
बेदकोट नगरपालिका–४ की ती किशोरीलाई बिहीबार अपरान्ह ४ बजेतिर नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको उजुरी प्रहरीकोमा परेको छ ।
त्यसैका आधारमा बेदकोट–६ का २३ बर्षे धनबहादुर बिकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको जनाएको छ ।
फकाइ फुलाइ जंगलमा लगेर वियर खुवाएर करर्णी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताउनुभयो ।
उनीहरुबीच पहिलेदेखिको चिनजान वा प्रेम सम्बन्ध भए नभएकोबारे पनि खोजि भइरहेको छ । अहिले किशोरी आफन्तको जिम्मामा छन् । उनको स्वास्थ्य परिक्षण गए राति नै गरिएको थियो ।





