
नेपालगञ्ज । बाँकेमा कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी संख्या २० हजार ५३९ जना रहेका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३० हजार ७०६ जना रहेकोमा दोस्रो मात्रा लगाउन बाँकी रहेको संख्या २० हजार ५३९ जना छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोभिडशिल्डको दुवै डोज लगाउने संख्या १० हजार १६७ जना रहेका छन् ।
जेठ २५–२७ गतेसम्म भेरोसेलको पहिलो डोज लगाउने संख्या ७४२४ जना रहेको उहाँले बताउनुभयो ।





