
नेपालगन्ज । फुटको संघारमा रहेको नेकपा (एमाले) एकताको लागी युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले अपिल गर्नुभएको छ ।
नेकपा एमाले विभाजन भए नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि नै गुम्ने खतरा रहेको भन्दै कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षार्थ र जनताको आशा र भरोसालाई जिबन्त राख्न एमाले एकताको अर्को विकल्प नरहेको थापाले बताउनुभयो ।
युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले आइतबार एक एकताका लागी अपिल गर्दै पार्टी विभाजन रोक्न नेताहरुले संयमतता, गम्भीरता र लचकताका साथ समाधान खोज्नुहुन र सबै कार्यकर्ताले एकताको लागी पहल र दवाव सृजना गरि पार्टी एकता जोगाउन युवा संघ नेपाल लुम्बिनी प्रदेश अनुरोध गर्नुभयो ।
एकता अपिलमा अगाडी भनिएको छ, – श्रमजीवी बर्गलाई राजनैतिक, आर्थिक, सामाजिक र संस्कृतिक अधिकार सम्पन्न बनाउदै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नको निम्ति पार्टी स्थापना कालदेखि नै निरन्तर संघर्ष गर्दै संघर्षले नै मजबुत बनेर यहाँ सम्म आएको नेकपा एमाले अहिले फुटको संघारमा रहेको छ ।
नेकपा एमाले फुटाउन र कम्युनिष्ट आन्दोलनलाई सक्न देशभित्रै र देश बाहिरका शक्तिहरु लागिपरेका छन् भने नेपाली जनताले सुदृढ र एकतावद्द नेकपा ९एमाले० को आशा गर्नुभएको छ ।
यस्तो अवस्थामा कदमकदाचित एमाले विभाजन भए नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि नै गुम्ने खतरा रहेको छ । कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षार्थ र जनताको आशा र भरोसालाई जिबन्त राख्न एमाले एकताको अर्को विकल्प नरहेको परिस्थितिमा पार्टिका एकता जोगाउनु पर्ने अभिभारा युवा संघ नेपालको समेत हो ।
तसर्थ, पार्टिको एकता मजबुत पार्न र पार्टिलाई फुट्नबाट जोगाउनका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू गोलवन्द भएर एमालेको एकतालाई सुदृढ पार्न पहल गर्नुपर्ने महसुस भएको छ ।
साथै पार्टी विभाजन रोक्न नेताहरुले संयमतता, गम्भीरता र लचकताका साथ समाधान खोज्नुहुन र सबै कार्यकर्ताले एकताको लागी पहल र दवाव सृजना गरि पार्टी एकता जोगाउन युवा संघ नेपाल लुम्बिनी प्रदेश अनुरोध गर्दछ ।





