
काठमाडौं । नेपालमा शुक्रबार ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना पुगेको छ भने कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो । अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् ।
अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।





