राप्तीको बाढीमा फसेका चार जनाको उद्धार

फाईल तस्बिर

दाङ । अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फस्नुभएको थियो ।

लमही-७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो ।

बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

Previous articleबाँकेमा यस वर्ष १ लाख ५० हजार मानिसहरू प्रभावित हुने पुर्वानुमान
Next articleपहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध, बुटवल-नेपालगन्ज सुचारु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here