बुलगारी परियोजनामार्फत सहयोग : शिक्षा र आत्मनिर्भरतामा प्रभावकारी

बाँके । नेपालगञ्जमा संचालनमा रहेको युवा सशक्तिकरण बुलगारी परियोजनाको शुक्रबार अनुगमन गरिएको छ । सरोकारवालाहरुको सहभागितामा परियोजनाबाट लाभान्वित भएकाहरुको शुक्रबार स्थलगत अनुगमन गरिएको हो ।

सामाजिक बिकास मंच बाँकेले सेफ द चिल्ड्रेनको सहयोगमा नेपालगञ्जमा संचालन गरेको परियोजना अन्तर्गत समस्यामा परेका युवा तथा बालबालिकाहरुलाई सहयोग, लघु उद्यम तालिम र रोजगारीको पहल गर्दै आएको छ ।

परियोजना अन्तर्गत शुक्रबार नेपालगञ्ज वडा नं–१, २, ४, ७ र १२ नम्बरमा सहयोग पाएका व्यक्तिहरुको स्थलगत अनुगमन गरिएको शिक्षा तथा खेलकुद, युवा शाखा नेपालगञ्जका प्रमुख गोर्ख बहादुर थापाले बताउनुभयो ।

अनुगमनबाट सहयोग पाएकाहरुले राम्रो गरिरहेको पाइएको देखिएको छ । परियोजनामार्फत आवश्यकता भएको व्यक्तिहरुले सहयोग पाएको र पाएको सहयोगबाट उनीहरुलाई आत्मनिर्भरतामा मद्दत र प्रभावकारी रहेको देखिएको छ ।

अनुगमनमा सहभागि जिल्ला समन्वय समितिका सदस्य चेत बहादुर घर्तिले परियोजनाले स्थानीय तहसंग गरेको समन्वय गरेको पूर्ण नभएकाले शिक्षातर्फ स्थानीय तहले समेत पहलकदमी लिनुपर्ने देखिएको सुझाव दिनुभयो ।

बुलगारी परियोजना मार्फत छात्रवृति सहयोग पाएका नेपालगञ्ज–१ की प्रिति कोरी, २ नम्बरका मोटरसाईकल मर्मत गर्ने काम गर्दै आएका चाँद बाबु नाई, ४ नम्बरका स्टिल फर्निचरको काम गर्दै आएका समिर बेहना र मोटरसाईकल मेकानिक सुनिल सिंह ठकुरी, ७ नम्बरमा छात्रवृति पाएकी नन्दनी चमार र १२ मा सिलाई कटाई तथा किराना पसल संचालन गर्दै आएकी सरिता कुमारी तेली तथा छात्रवृति पाएकी अरफिन पठानसंग भेटेर सरोकारवाला व्यक्तिहरुले उनीहरुको कार्य अवस्थाबारे जानकारी लिएको मंचका अध्यक्ष चम्प सिंह थापा मगरले जानकारी दिनुभयो ।

अनुगमनमा नेपालगञ्ज–१२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, नगर कार्यपालिका सदस्य कौशल कुमार धोवी, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, गैरसरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्मा, नगर शिक्षा समितिका तरुण बज्रचार्य, जिल्ला युवा क्लब संजाल बाँकेका राजन बर्मा, मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, कार्यक्रम संयोजक राम श्रेष्ठ, जिविकोपार्जन अधिकृत सहजराम यादव, सुपरभाईजर इन्द्रा खडका रहेको शिक्षा अधिकृत बृजेश ठाकुरले बताउनुभयो ।

Previous articleसोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
Next articleपेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here