पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको जानकारी गराएको हो ।

तर, निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् नै राखिएको जनाएको छ ।

गिनमका अनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।

Previous articleबुलगारी परियोजनामार्फत सहयोग : शिक्षा र आत्मनिर्भरतामा प्रभावकारी
Next articleएक वर्षदेखि फरार ज्यान मार्ने मुद्दाका अभियुक्त पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here