
नेपालगञ्ज । बाँकेमा फेरि एक हप्ता निषेधाज्ञाको समय थप गरिएको छ । निषेधाज्ञाको समय थप गरिएको भएपनि स्वरुपमा केही परिवर्तन गरिएको छ ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दरमा कमि आउँदै गएको भएपनि अझै पनि सावधानी अपनाउनुपर्ने भएको हुँदा निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै व्यापार, व्यवासाय बिहान ९ देखि दिउसो ४ बजे सम्म खुल्ने समय सीमा तोकेको छ । थप गरिएको निषेधाज्ञाको समय असार १४ गते रातीसम्म रहनेछ ।





