एक वर्षमा ५०५ पसलको अनुगमन, २२ व्यवासायीलाई जरिवाना

File Photo

नेपालगञ्ज । बाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालय बाँकेले चालू आर्थिक बर्ष २०७७÷७८ मा ५ सय ५ वटा व्यवसायिक संस्थानहरुको अनुगमन गरेको छ ।

अनुगमन गर्दा गैरकानुनी तरिकाले कारोबार गरेका २२ व्यवासायी संस्थानलाई जरिवाना गरिएको छ । जरिवानाबाट १३ लाख ६० हजार राजस्व असुली गरेको कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यलले बताउनुभयो ।

कारवाही पर्नेमा किराना तथा खाद्यन्न १०, एग्रोभेट २, तेल उद्योग १ पानी उद्योग १, तरकारी पसल २ मासु पसल १, हार्डवयर पसल १, औषधी पसल २ सर्जिकल पसल २ गरी २२ व्यवासयिक संस्थानहरु रहेका छन् । १६ लाख ८४ हजार एक सय ६ रुपैया बराबरको सामाग्री नष्ट र फिर्ता गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

चालू आर्थिक बर्षमा १ सय ५३ वटा समान्य अवस्थाका, ३ सय २१ सुधारका लागि निर्देशन दिएको, ९ वटाको कारोबार रोक्का गरिएको कार्यालयका सूचना अधिकारी देबीलाल चौलागाईले बताउनुभयो ।

साबिकको मध्यपश्चिमका १६ जिल्लामा अनुगमनको जिम्मा पाएको कार्यालयले यो आर्थिक बर्षमा ९ जिल्लाको अनुगमन गरेको छ । बाँके बर्दिया, दाङ, सुर्खेत, दैलेख, प्युठान, कालिकोट, जुम्ला, मुगु जिल्लामा अनुगमन गरेको हो ।

Previous articleलागु औषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवस : अन्तरक्रिया, खाद्यान्न र नगद सहयोग प्रदान
Next articleकर्णाली नदिमा बनेको सत्तिघाट पुल भासियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here