लागु औषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवस : अन्तरक्रिया, खाद्यान्न र नगद सहयोग प्रदान

नेपालगञ्ज । बाँकेमा बिबिध कार्यक्रम गरि लागु औषध बिरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्ज, कोहलपुरमा बिभिन्न कार्यक्रम गरिएको आयोजकहरुले जनाएका छन् । दिवस मनाउने क्रममा लागु औषध दुव्र्यन बिरद्ध काम गर्दै आएका संघ संस्था र प्रशासनबीच अन्तरक्रिया एव प्ररामर्श कार्यक्रम गरिएको छ भने कोहलपुरमा रहेको बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको तथा भेरी अस्तपाल परिसरस्थित अन्जनी माता रसोईलाई सहयोग प्रदान गरिएको छ ।

नेपालगञ्ज वडा नं १० स्थित प्रेरणा पुर्नस्थापना केन्द्र आदर्शनगरमा गरिएको अन्तरक्रियामा लागु औषध दुव्र्यसन बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन र नियन्त्रणका लागि प्रशासनको सहयोग आवश्यक रहेकोमा जोड दिइएको छ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्ट, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम राना, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरिक्षक रबिन्द्र खनाल, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्का र संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यस्तै दिवसका अवसरमा भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई नगद १० हजार रुपैया हस्तान्तरण गरिएको छ । रसोईका संरक्षक एवं मधेशी आयोगका सदस्य बिजय गुप्ता, अस्पताल बिकास समितिका सदस्य धनीराम वली, मेसु डा.प्रकशा थापा, फिजिसियन प्रकाश नाग उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

यस्तै कोहलपुर नगरपालिका भित्र साँझ बिहानको छाक टार्न गाहे भएको ५ परिवारलाई खाद्यन्न सहयोग प्रदान गरिएको छ । कोहलपुरका मेयर लुट बहादुर रावतको बिशेष उपस्थितिमा बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको समाज सुधार समितिका सदस्य सचिव अभिराज क्षेत्रीले जानकारी दिनुभयो ।

Previous articleसोनवर्षासहित ६ गाउँ उच्च जोखिममा, तटबन्ध बनाउन माग
Next articleएक वर्षमा ५०५ पसलको अनुगमन, २२ व्यवासायीलाई जरिवाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here