संस्थापकको पुन्यतिथिमा राजापुर क्षेत्रमा बृक्षारोपण

नेपालगञ्ज । फारवर्डका संस्थापक दिनेश कुमार चौधरीको पुन्यतिथिको अवसरमा बर्दियाको राजापुर नगरपालिकाका १२ स्थानमा बृक्षारोपण गरिएको छ ।

फारवर्ड माइक्रोफाईनान्स लघुबित्त, बित्तिय संस्था लिमिटेडका संस्थापक चौधरीको १४ औं पुन्यतिथिको अवसरमा फारवर्ड शाखा कार्यालय राजापुर नगरपालिका भित्रका १२ स्थानमा शनिबार बृक्षारोपण गरेको हो ।

शाखा कार्यालयका प्रमुख राकेश थारु अनुसार संस्थाका सदस्यहरुको घरमा पुगेर १२ स्थानमा बृक्षारोपण गरिएको छ । नगरपालिका भित्रको बजरी, डलैगाउँ, नयाँगाउँ, सोनपुर, दुर्गानगर, बर्गदी, बसन्तापुर, दौलतपुर, धुम्ना र भिमापुर गाउँमा संस्थाका सदस्यहरुको घर क्षेत्रमा बृक्षारोपण गरिएको छ ।

संस्थाका पाँच जना कर्मचारीहरु सदस्यहरुको घर घरमा पुगेर आँप, लिचि र कागतीका बिरुवा रोपिएको शाखा प्रमुख थारुले जानकारी दिनभुयो ।

Previous articleकर्णाली नदिमा बनेको सत्तिघाट पुल भासियो
Next articleखजुराकी सोनिया टोकियो ओलम्पिकका लागि छनौट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here