खजुराकी सोनिया टोकियो ओलम्पिकका लागि छनौट

नेपालगन्ज । बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि छनौट हुनुभएको छ ।

अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्नुभएको छ ।

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमै हुने टोकियो ओलम्पिकमा नेपालबाट सोनियासंगै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोपीचन्ऽ पार्कीले प्रतिस्पर्धा गर्नुहुनेछ ।

सोनियाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ४८ केजीमुनि तौल समूहमा कास्य पदक जित्नुभएको थियो ।

Previous articleसंस्थापकको पुन्यतिथिमा राजापुर क्षेत्रमा बृक्षारोपण
Next articleनेपालकाे मरुभूमिमा रेकर्ड ब्रेक वर्षा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here