दक्षिण अफ्रिका पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजसँग पराजित

काठमाण्डौ । वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६१ रनको लक्ष्य वेस्ट इन्डिजले ३० बल अगावै भेट्टायो ।

वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको योगदान गरे भने क्रिस गेलले ३२, आन्द्रे फ्लेट्चरले ३० र आन्द्रे रसेलले २३ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शामीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६, क्विन्टन डी ककले ३७ रन, टिम्बा बाभुमाले २२ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले २र२ विकेट लिए ।

Previous articleअफगानिस्तानमा २४ तालिबानको मृत्यु
Next article‘तातो भात’ अभियानमार्फत ९१८ बिरामी तथा कुरुवालाई खाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here