
गोरखा । विवेकशील साझा पार्टी जिल्ला समिति गोरखाले लकडाउनमा ९१८ जनालाई ‘तातो भात’ अभियान अन्तर्गत खाना खुवाएको छ । पार्टी एक बिज्ञप्ति जारी गर्दै बिषम परिस्थितिमा पनि नागरिकप्रतिको दायित्व बहन गर्दै संचालन गरिएको ‘तातो भात’ अभियानमार्फत ९१८ जनालाई खाना खुवाउन सफल भएको जनाएको हो ।
विवेकशीलले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ । महामारीको समयमा यस अभियानलाई सहयोग गरी मानवको कर्तब्य निर्वाह गर्नमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छौं विवेकशीला साझा पार्टी गोरखाका संयोजक किशोर रेग्मीले जानकारी दिनुभयो ।
सबैतिर बन्दाबन्दी भएपछि महामारीको चपेटमा परेकाहरुलाई अस्पतालमा खाना पाउन मुस्किल भएपछि पार्टीले ‘तातो भात’ अभियान संचालन गर्ने योजना बनाएको थियो । तर अभियान संचालन गर्न चाहेको समयमा शुरु हुन सकेन ।
कोरोना महामारीका समयमा पनि सरकार आफ्नो नागरिकको उपचारमा नभई भ्रष्टाचारमा लिप्त भएपछि विवेकशील पार्टीले मानवताको कार्य गर्न अगाडी बढ्नुपर्ने ध्येयले गोरखा अस्पतालसंग २०७८ जेष्ठ १३ गते सहमति भएर १६ गदेखि संचालन गर्न सफल अभियानले त्यहाँका बिरामी तथा कुरुवालाई सेवा प्रदान गरेको हो ।
हाल कोरोनाका बिरामीहरुको चाप अस्पतालमा कम भएपछि असार १२ गतेदेखि संचालित अभियान अन्त्य भएको जानकारी गराएको छ ।






