
रनियापुर । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर-८ रनिययापुरले मधेशी तथा मुस्लिम बालिकालाई साईकल बितरण गरेको छ ।
वडा कार्यालयले बालिका शिक्षा कार्यक्रम अन्तर्गत बिपन्न समुदायका बालिकाहरुलाई साईकल बितरण गरेको हो ।
चालु आर्थीक बर्ष २०७७ र ०७८ को वडा कार्यालयबाट बिनियोजित एक लाख रुपैया रकमको वडाभित्र बसोबास् गर्ने कक्षा ११ मा अध्ययन गर्दै गरेका ११ जना बालिकालाई साईकल प्रदान गरिएको छ ।
बालिका शिक्षा कार्यक्रम अन्तर्गत मधेशी तथा मुश्लिम समुदायका बालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले साइकल प्रदान गरिउको वडा अध्यक्ष फिरोज खानले बताउनुभयो । वडा कार्यालयले यो कार्यक्रमलाई बिगतका वर्षदेखि निरन्तर संचालन गर्दै आएको छ ।






