
नेपालगञ्ज । बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादी बाँकेमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ्ग कसुर मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का महेन्द्र लोहारलाई पक्राउ गरिएको हो ।
कैलालीको टिकापुर घर भई हाल नेपालगञ्जको कारकाँदोमा बस्दै आएका ३५ वर्षीय लोहार बैंकिङ्ग कसुर मुद्दामा अदालतले ८ दिन हिरासत र एघारा लाख पचिस हजार जरिवाना तोकेको थियो ।
लोहारलाई अदालतले २०७६ साल फागुन २३ गतेको फैसलाले सजाय तोकेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले लोहारलाई आइतबार पक्राउ गरेको हो ।





