गेरुवा ग्रामीण जागरण संघद्वारा १५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

गुलरिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले करिब २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छे ।

संघले कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य कार्यालय बर्दियालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । गेरुवा ग्रामीण जागरण संघले कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा सोको प्रतिकार्यका लागि २४ लाख ९८ हजार ९ सय ९० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

संघका अध्यक्ष कृष्णजंग शाहले महामारीको बेला आफुहरुले संस्थामार्फत सहयोग गरिरहेको बताउँदै कोरोनाको दोस्रो लहरको वर्तमान अवस्थामा ४ जिल्लाका १९ वटा पालिकाहरुमा कोभिड– १९ प्रतिकार्यका लागी स्वास्थ्य सामाग्री दिइएको बताउनुभया ।

उहाँले ती स्वास्थ्य सामाग्री सहि स्थानमा सदुपयोग भएको भन्दै स्वास्थ्य कार्यालय बर्दियालाई उपलब्ध गराइएको सामाग्री पनि उचित स्थानमा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

संघले टिडिएच फाउण्डेसन स्वीजिरल्याण्डसंगको साझेदारी तथा आर्थिक सहयोगमा बर्दिया जिल्लामा प्रयास परियोजना अन्तर्गत बिभिन्न कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी गराउदै संघका अध्यक्ष शाहले यसै शिलशिलामा विश्वव्यापी महमारीको रुपमा रहेको कोभिड–१९ प्रतिकार्यका लागी बर्दिया जिल्लामा रहेका आइसोलेसन तथा कोभिड अस्पतालमा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा स्वास्थ्य समाग्री बुझदै स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले प्राप्त स्वास्थ्य सामाग्री विभिन्न पालिकामा रहेका कोभिड अस्पतालमा उपलब्ध गराइने बताउनुभयो ।

Previous articleआज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै
Next articleबाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here