बाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव मनाइयो

नेपालगन्ज । बाँके जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव “धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि” मूल नाराका साथ अषाढ १५ गते मनाइएको छ ।
बाँकेको जानकी गाउँपालिका वार्ड नं–३ करमोहना स्थित हेल्थ पोष्ट नेपालगन्ज नजिक रहेको खेतमा धान रोपाई गरी मनाइएको हो ।

भूमि व्यवस्था तथा सहकारी लुम्बिनी प्रदेश मन्त्री विजय बहादुर यादवले जानकी गाउँपालिका वार्ड नं.–३ करमोहनाका सन्त कुमार वर्माको निजी २ विगहा पक्की जग्गामा धान रोप्ने मेशीन चलाएर धान रोपाईको उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै मन्त्री यादवले १८ वर्षदेखि धान दिवस मनाउँदै आएको र कृषकमा जागरुकता आओस् भनेर प्रदेशभरिमा पर्वको रुपमा धान दिवस मनाइरहेको बताउनुभयो ।

सचिव डा. रेवती रमण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि विकास निर्देशनालय मुकाम बुटवलकी वरिष्ठ वाली संरक्षण अधिकृत कामना अधिकारीद्वारा संचालित कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री आरती पौडैल, जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले आ–आफना विचार राख्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डे, उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री आरती पौडैल, प्रदेश सभा सदस्य बाबुराम गौतम, जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिऊ विजन प्रयोगशालाका प्रमुख दिलिप सिंह, पशु सेवा तालिम केन्द्र बाँकेका अधिकृत सातौं रामकेश यादव, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, बाली संरक्षण प्रयोगशाला खजुराका प्रमुख नरेश धिताल, जानकी गाउँपालिका वार्ड नं–३ का वडाध्यक्ष बिन्देश्वरी प्रसाद कुर्मी, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख श्रीधर ज्ञवाली, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख अमरराज शर्मा, सशस्त्र प्रहरीका उपरिक्षक अशोक बम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रुुमुख प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नेकपा एमालेका नेता पदम धिताल लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा करमोहना गाउँका सुरेस जरवल, गंगाराम जरवल र राजेश सोनकरले बैठौनी गीत गाएका थिए । कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Previous articleगेरुवा ग्रामीण जागरण संघद्वारा १५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान
Next articleशिक्षकलाई पनि कोरोना विरुद्धको खोप लगाउन माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here