
नेपालगञ्ज । मे ३१ मा मनाईने बिश्व धुम्रपानरहित दिवसको सन्दर्भ पारेर बासले धुम्रपान बिरुद्ध सन्देशमुलक डकुड्रामा तयार गरेको छ ।
धुम्रपान बिरुद्ध सन्देश प्रबाह गर्ने उद्धेश्यले उत्पादन गरिएको साथी नामक डकुड्रामा शुक्रबार सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, बाँके र खजुरा गाउँपालिकाको सहयोगमा तयार पारिएको उक्त श्रव्यदृश्य डकुड्रामा २० मिनेटको छ ।
धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, त्यसको प्रयोगबाट पुग्ने असर लगायतका बिषयमा केन्द्रीत साथी नामक श्रव्यदृश्यमा मन भण्डारी, जस्मिन शाह, शोभा थापा मगर, लोक बहादुर घर्ति, श्रुती चौधरी, दिला शाह, सरिता बि.क., अशोक रावल, तपेन्द्र मलातीले अभिनय गर्नुभएको छ ।
मन भण्डारीको कथा, लोक बहादुर घर्ति मगरको निर्देशनमा सो श्रव्य दृश्य उत्पादन भएको हो । श्रब्यदृश्य हालको बिषम परिस्थिती पश्चात हुने बिभिन्न कार्यक्रमहरुमा समेत प्रर्दशनी गरिने जनाइएको छ ।





