ज्याला मजदुरी गर्दै आएका २३ जनालाई राहत स्वारुप खाद्यन्न बितरण

नेपालगञ्ज । नेपालगञ्जका २३ जना बिपन्न परिवारलाई खाद्यन्न प्रदान गरिएको छ । बिहीबार नेपालगञ्जको २ स्थानबाट यहाँका २३ बिपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न प्रदान गरिएको हो ।

नेपालगञ्जका उपमहानगरपालिका वडा नं १० का कार्यबाहक वडा अध्यक्ष नर बहादुर बिष्ट र सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शुरेस कुमार परसैलाले परिवारका सदस्यलाई खाद्यन्न हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना भाइरसका कारण प्रभावित भई ज्याला मजदुरी गर्दै आएका बिपन्न परिवारलाई शिक्षा सेवा गुठी र स्वास्थ्य तथा शिक्षा बिकास केन्द्रको समन्वयमा राहत बितरण गरिएको केन्द्र बाँकेका उपाध्यक्ष गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

संस्थाले राहतमा २५ किलो चामल, ४ किलो दाल, ३ लिटर खाने तेल, ४ वटा साबुन, १ किलो नुन बितरण गरेको छ । संस्थाले १३ जनालाई सरस्वती माध्यमिक बिद्यालय परिसरमा र १० जनालाई कारकाँदोस्थित कार्यालयबाट राहत प्रदान गरेको जनाएको छ ।

Previous articleशैक्षिक क्षेत्रको बिकृति समाधान गर्न बिद्यार्थी संगठनको माग
Next articleधुम्रपान बिरुद्ध डकुड्रामा तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here