जन्मिनु भन्दा गरिब भएरै मर्नु लाजमर्दाे कुरा हो : प्रणेता शाक्य

नेपालगञ्ज । युवा लक्षित कार्यक्रम ईन्स्पाईरिङ्ग युथको २१६ औं श्रृंखला सम्पन्न भएको छ । जुमका माध्यमबाट शुक्रवार भएको कार्यक्रममा सकारात्मक सोचका प्रणेता कर्ण शाक्यले सकारात्मक सोचको खोज बिषयमा प्रबचन दिनुभएको छ ।

बास र सोच समूह नेपालगञ्जको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै सोच सोचका प्रणेता शाक्यले राजनीति र समाज सेवालाई कसैले पेवा बनाउन नहुने बताउनुभयो । मान्छे भएर जन्मिएपछि सोच सकारात्मक बनाउन जरुरी रहेकोे र सोच भन्दा ठुलो अरु केहि नहुने उहाँले बताउनुभयो ।

‘गरिब भएर जन्मिनु लाजमर्दाे कुरा होईन तर गरिब भएरै मर्नु भने लाज मर्दाे कुरा हो’–उहाँले भन्नुभयोे –’त्यसैले आर्थिक रुपमा मात्र गरिव होईन, बिचार र भावनामा पनि कोही व्यक्ति गरिव हुनु हुँदैन ।’

खाली सास मात्रै फेरेर लास हुनु भन्दा आश गरेर सास फेर्नु उकृष्ट कार्य भएको उहाँले बताउनुभयो । माल पाएर पनि चाल नपाउने, सुनको थाली लिएर भिक्षा माग्ने कार्य कुनै पनि नागरिकले गर्न नहुने बताउनुभएका शाक्यले आम जनता अझैं नागरिक बन्न नसकेको बिचार राख्नुभयो ।

राजाको पालामा प्रजा, प्रजातन्त्र, लोकतन्त्रको समयमा जनता भएका नेपालीहरु अझैं कर्तव्यवोध सहितको नागरिक बन्न नसकेको धारणा उहाँले राख्नुभयो । सकारात्मक सोचलाई प्रबद्र्धन गर्नका लागि ३, ४ बर्ष अघिबाट शुरुवात गरेकोे सकारात्मक सोच अभियान देशैरभर बिस्तार हुँदै दर्जनौं मुलुकहरुमा बिस्तार भएको उहाँले बताउनुभयो ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा म नागरिक कसरी बनुँ बोलको गित प्रश्तुत गरिएको थियो । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो । हरेक शुक्रवार हुने ईन्सपाईरिङ्ग युथ कार्यक्रम कोरोना संक्रमणका कारण हाल जुमका माध्यमबाट सञ्चालन भईरहेको छ ।

Previous articleजोडीलाई अभिभावक शिक्षा
Next articleशिक्षकहरुको माग पुरा गर्नुपर्ने भन्दै धर्ना तथा ज्ञापन पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here